२०८२ माघ ४ आइतवार , ११:४२:१४ बजे

Sajhamanch
'

धरानमा स्कूल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

आइतवार, माघ ४, २०८२

धरान । धरानको जिरो प्वाइन्ट नजिकै एउटा स्कूल बस दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको हो ।

ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव थेवेले जानकारी दिनु भयो । उहाँका अनुसार भेडेटारबाट धरानतर्फ आइरहेको को १ ख ७११९ नम्बरको स्कूल बस धरान–१३ स्थित जिरो प्वाइन्ट नजिकै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

बसले सडकछेउमा रहेको ‘न्यू शबा मेडिकल’ नामको औषधि पसलमा ठक्कर दिँदा पसलमा समेत क्षति पुगेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन भने उनीहरु बसभित्र सवार थिए वा बाहिर रहेका थिए भन्ने विषयमा पनि अहिलेसम्म स्पष्ट हुन नसकेको प्रहरी प्रमुख थेवेले बताए।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनासम्बन्धी थप जानकारी संकलन गर्ने काम भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।

सम्बन्धित खबर