
झापाको बिर्तामोडमा मुख्य कार्यालय रही कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै आइतबार दुईवटा विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
पौष २० गते आइतबार गौरीगंज गाउँपालिका वडा नं. १, चौरीस्थित श्री पृथ्वी नारायण प्राथमिक विद्यालयमा वडाध्यक्ष कात्तिकलाल राजवंशीको प्रमुख आतिथ्यमा र मिक्लाजुङ्ग गाउँपालिका वडा नं. २, तिल्केनीस्थित श्री भगवती आधारभूत विद्यालयमा वडाध्यक्ष बलबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।
तस्वीरहरु :



