२०८२ पौष १३ आइतवार , ०३:३१:५६ बजे

Sajhamanch
'

एमाले सचिवालय बैठक दिउँसो ३ बजेसम्मलाई सर्‍यो

आइतवार, पौष १३, २०८२

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो ।

११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको एक पदाधिकारीले जानकारी दिनुभयो ।

२१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको नाम रहने बन्दसूची निर्वाचन आयोगमा बुझाउनु पर्ने भएकाले यही विषयमा बैठक केन्द्रित रहने ती नेताको भनाइ छ ।

एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।

सम्बन्धित खबर