२०८२ मंसिर २९ सोमवार , ०२:३५:०२ बजे

Sajhamanch
'

चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गर्नु भएको छ।

७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताउनु भयो ।

भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताउनु भयो ।

एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।