२०८२ मंसिर २५, बुधवार , ०१:४३:१४ बजे

Sajhamanch
'

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

बुधवार, मंसिर २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। बुधबार सामाजिक सञ्जालमार्फत् भण्डारीले पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उहाँले बताउनु भयो।

‘साथीहरूको जिज्ञासा मेरो धारणा !!! नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर देश जनता ,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।’ नेता भण्डारीले लेख्नु भएको छ, साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ।’

यस अगाडि महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।

सम्बन्धित खबर