२०८२ मंसिर १८, बुधवार , ०२:०२:१४ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतको बिदाइ भेट

बुधवार, मंसिर १८, २०८२

काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गर्नु भएको छ। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राजदूत जोनस्टनले बिदाइ भेट गर्नु भएको हो ।

भेटका क्रममा नेपाल र अस्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनु भएको छ।

साथै राष्ट्रपति पौडेलले राजदूत जोनस्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद व्यक्त गर्नु भएको छ।