२०८२ मंसिर ११, बुधवार , १२:५५:१५ बजे

Sajhamanch
'

विगतको ९ बुँदे सहमति कार्यान्वयन गर्न शिक्षक महासंघको माग

बुधवार, मंसिर ११, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई भेटेर महासंघको टोलीले विगतको सहमति कार्यान्वयन गर्न तथा सरुवा निर्देशिकालाई खारेज गर्न माग गरेको हो ।

नेपाल शिक्षक महासंघले केपी ओली नेतृत्वको सरकारसँग भएको ९ बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । गएको चैत–वैशाखमा देशभरका शिक्षकले काठमाण्डौ केन्द्रित लामो आन्दोलन गरेपछि तत्कालीन शिक्षामन्त्री रघुजी पन्तसँग ९ बुँदे सहमति भएको थियो ।

तर ती सहमति अहिलेसम्म कार्यान्वयन नभएको शिक्षक महासंघको गुनासो छ । भेटपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरुवा निर्देशिका व्यवहारिक नभएको हुँदा मन्त्री पुनसँग खारेजीका लागि आग्रह गरेको बताउनुभयो ।

सम्बन्धित खबर