२०८२ कार्तिक २०, बुधवार , ०९:४२:५५ बजे

Sajhamanch
'

जोनाथन बेली वर्ष २०२५ का सबैभन्दा ‘जीवित सेक्सी पुरुष’ घोषित

बुधवार, कार्तिक २०, २०८२

लस एन्जलस । हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ ।

‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । यो उपाधि प्राप्त गर्ने उनी पहिलो खुलारुपमा घोषित समलिङ्गी पुरुष पनि बनेका छन् ।सन् २०२५ मा सबैभन्दा सेक्सी पुरुष जीवित पुरस्कारको ४० औं वार्षिकोत्सव मनाइँदैछ । अभिनेता बेली आफ्नो अन्तर्वार्ताको लागि बस्दै गर्दा, फालनले बेलीको दुई आवरण पनि सार्वजनिक गरे ।

एउटा आवरणमा उनी चट्टानी समुन्द्रमा बसिरहेको देखिएको छ । अर्कोमा उनी फ्लफी कुकुरलाई समातेर शर्टलेस देखाइएको छ ।बेलीले सन् २०२५ को सुरुमा शेक्सपियरको “रिचर्ड द्धितीय“ को निर्माणको बेला आफूलाई सबैभन्दा कामुक पुरुष भनेर सुनेको बताएका छन् ।सन् १९८५ देखि “पिपुल्स सेक्सीएस्ट म्यान अलाइभ“ फिचर प्रकाशन हुँदै आएको हो । जसमा पहिलो पटक यो उपाधिबाट सम्मानित हुने व्यक्ति मेल गिब्सन हुन् ।

सन् २०२४ का विजेता जोन क्रासिन्स्की थिए । हालैका अन्य विजेतामा प्याट्रिक डेम्प्सी, क्रिस इभान्स, पल रुड, माइकल बी। जोर्डन र जोन लेजेन्ड समावेश छन् ।बेलीले हिट नेटफ्लिक्स श्रृंखला ‘ब्रिजरटन’ मा एन्थोनी, भिस्काउन्ट ब्रिजरटनको भूमिका निर्वाह गरेपछि अन्तर्राष्ट्रिय प्रसिद्धी प्राप्त गरे ।बेलीलाई अभिनेत, कमेडी र संगीत विधामा उनको बहुमुखी प्रतिभाको लागि प्रशंसा गरिएको छ । साथै, उनी मनोरञ्जन उद्योगमा एक अग्रणी एलजीबीटीआईक्यू अभियन्ता मानिन्छन् ।

सम्बन्धित खबर