२०८२ असोज २, बिहिवार , १०:२८:३८ बजे

Sajhamanch
'

प्रतिनिधिसभा विघटनपछि ३० वटा विधेयक निष्क्रिय

बिहिवार, असोज २, २०८२

काठमाडौं । प्रतिनिधिसभाको विघटनपछि ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भएका हुन् । निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षा, भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि तथा साइबर सुरक्षालगायतका विधेयक निष्क्रिय पुगेका छन् ।

दुवै सभाबाट पारित भए पनि राष्ट्रियसभाबाट आएको सन्देशमाथि प्रतिनिधिसभाले निर्णय लिन बाँकी रहेको अवस्थामा निजामती सेवा विधेयक निष्क्रिय हुन पुगेको छ । अरू विधेयकहरू पनि यसैगरी निष्क्रिय भएका छन् । संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभाको विघटनसँगै विचाराधीन विभिन्न ३० वटा विधेयकहरू निष्क्रिय भएको संसद सचिवालयले जनाएको छ ।

अब चुनावपछि गठन हुने नयाँ प्रतिनिधिसभाबाट बन्ने सरकारले आफ्नो सुविधा र आवश्यकता अनुसार विधेयक ल्याउनेछ ।

सम्बन्धित खबर