२०८२ भदौ २०, शुक्रवार , ०७:३३:११ बजे

Sajhamanch
'

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जीएसआई’ मा समर्थन गरेका छैनौँ : प्रधानमन्त्री ओली

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताउनुभएको छ ।

यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा आफूले असहमति राखेको उहाँले स्पष्ट गर्नुभयो ।

ललितपुरको सनराइज सभा हलमा आजदेखि शुरू भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताउनुभयो ।

ओलीले चीनको ुग्लोबल सेक्युरिटी इनिसिएटिभु (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट गर्नुभयो ।