२०८२ भदौ ६, शुक्रवार , ०५:२६:४७ बजे

Sajhamanch
'

सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आयो : सभामुख घिमिरे

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताउनु भएको छ ।

शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा पूरा गर्न लाग्दा यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरोसँग विश्लेषण गर्नुपर्ने बेला आएको बताउनु भएको हो ।

अहिले आफूलाई लागेको कुरा नै ठिक भन्ने प्रवृत्ति बढेको भन्दै यसका कारण प्रतिफल दिन गाह्रो हुने उहाँले बताउनु भयो । सभामुख घिमिरेले संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित तीन तहको शासकीय स्वरूप मौलिक अभ्यास भएकाले यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने समेत बताउनु भयो ।

सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई अन्तर्राष्ट्रिय अभ्यासका साथै नेपालको मौलिक अनुभवका आधारमा समाधान खोज्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रशासकीय संरचनामा देखिएको केन्द्रीकृत सोच, कर्मचारी व्यवस्थापन जस्ता जटिलताहरू सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खबर