२०८२ भदौ ५, बिहिवार , १०:२६:३१ बजे

Sajhamanch
'

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस आज मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आठ वर्षअघि सन् २०१७ देखि यो दिवस मनाउन शुरु भएको हो ।

आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवम् समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न देशमा आतङ्कवादका पीडितहरुको सम्झना एवम् श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ ।

घृणित विचारधारा फैलाउने आतङ्कवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतङ्कवादको अन्तर्राष्ट्रिस्तरमा निन्दा भए पनि यसबाट पीडितहरुले न्याय प्राप्तिका निम्ति सङ्घर्ष गरिरहेका छन् ।

सम्बन्धित खबर