२०८२ भदौ ३, मङ्गलवार , ०३:३०:४१ बजे

Sajhamanch
'

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सचिव शर्मा विच कार्यसम्पादन सम्झौता

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्मा बीच कार्यसम्पादन सम्झौता भएको छ ।

मंगलबार मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरु प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिनुभयो । ‘सम्झौतामा मूलभूत लक्ष्यहरु समेटिएका छन्’ मन्त्री दाहालले भन्नुभयो, ‘प्रधानमन्त्रीले मन्त्रीहरुसँग सम्झौता गर्नुभएको छ, त्यही अनुसार आज मन्त्री र सचिव बीच सम्झौता भयो । यसलाई मार्गदर्शन ठानेर लक्ष्य प्राप्तिमा लाग्नु हुने छ भन्ने विश्वास छ ।’

गत आर्थिक वर्षमा सवैको मेहनतका कारण पूँजीगत खर्चको नतिजा राम्रो भए पनि त्यसमा ढुक्क नभई थप उच्च नतिला निकाल्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हाँसिल हुने गरी कार्यसम्पादन गर्न उहाँको निर्देशन छ ।

यस्तै मन्त्रालयका सचिव शर्माले कुन महिना कति परिणाम निकाल्ने हो, सोही अनुसार लक्ष्य निर्धारण गरि कार्यसम्पादन गर्न विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरुलाई निर्देशन दिनुभयो । सम्झौतामा उल्लेखित नतिजा सुचकहरु प्राप्त हुने गरि माइलस्टोन अनुसार काम गर्न उहाँले भन्नु भएको छ ।

 

सम्बन्धित खबर