२०८२ भदौ ३, मङ्गलवार , १०:१७:१२ बजे

Sajhamanch
'

नेपाल रुबेला उन्मुलनमा सफल : स्वास्थ्य मन्त्री पौडेललाई विश्व स्वास्थ्य सङ्गठनको बधाइ

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई बधाइ दिएको छ ।

लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यानै लिने कारक यस रोगको उन्मूलन हुन सकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।

सङ्गठनका दक्षिण पूर्वी एशिया कार्यलय प्रमुख डा.क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेललाई पठाएको पत्रमा नेपाल र मन्त्री पौडेललाई यो महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य उपलब्धि भन्दै बधाइ दिइएको छ ।

मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेख्दै यो काममा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत साझेदारहरुलाई धन्यवाद दिनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को नेपालमा रहेको कार्यालयले हिजो विज्ञप्ति निकालेर नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरेको हो ।

सम्बन्धित खबर