२०८२ भदौ १, आइतवार , ०५:२९:५५ बजे

Sajhamanch
'

भदौको पहिलो दिन शेयर बजार २७ अङ्कले घट्यो

आइतवार, भदौ १, २०८२

काठमाडौं । भदौ महिनाको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले घटेर २ हजार ७६१ दशमलव २२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा व्यापारको शेयर १ दशमलव ६४, अन्यको १ दशमलव ३४, माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ३१ प्रतिशतले ओरालो लागेको छ ।

आज सम्पदा लघुवित्त कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन राष्ट्रिय वाणिज्य बैंक म्युचल फन्ड–१ को शेयर भने झन्डै ८ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीको २ करोड ५ लाख कित्ता शेयर ७ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर