
झापा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–४ माझखर्कमा रेको चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
शनिबार साँझ ५ः१० बजे पानीसँगै परेको चट्याङले लागेर घरमा बसिरहेको अवस्थामा ओखलढुङ्गा मोलुङ – ४ माझखर्क बस्ने ४० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । चट्याङले लागेर अन्य ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा ओखलढुङ्गा मोलुङ ४ माझखर्क बस्ने ३३ वर्षीय विषण तामाङ , ४२ वर्षीया डोल्मा तामाङ,२२ वर्षीया मुना तामाङ,२७ वर्षीय सुजन तामाङ , ३२ वर्षीय प्रेमबहादुर तामाङ , ५९ वर्षीया विष्णुकुमारी तामाङ र २२ वर्षीया सरिता तामाङ रहेका छन् । उनीहरूलाई उपचारका लागि वडा नं. ४ को स्वास्थ्य चौकी लगिएको प्रहरीले जनाएको छ ।