
काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण निःशुल्क गरेको छ ।
केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण निस्शुल्क गरेको हो ।
१८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाउने निर्णय गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् । जसमध्ये तीनवटा सात हजार मिटरभन्दा अग्ला छन् । यी हिमालहरुको सलामी दस्तुर विदेशीका लागि १७५ डलरदेखि ५०० डलरसम्म पर्छ ।
निस्शुल्क खुला गरिएका हिमालहरुको सूचीमा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानी, सैपाल, कान्ति कान्जिरोवा नर्थ, पुथा वेस्ट लगायत छन् ।
हेर्नुहोस् आरोहण नि:शुल्क गरिएका ९७ हिमालको सूची–