२०८२ साउन ३०, शुक्रवार , ०३:०६:५० बजे

Sajhamanch
'

सरकारद्वारा भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् ।

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो ।

चालू आर्थिक वर्षमा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

पुराना तीन जिल्लामा १२ वटा र थपिएका दुई जिल्लामा १९ करोड रुपैयाँको लागतमा १२ वटा ट्युवेल जडान गरिने छन् । ती जिल्लामा ५४ वटा ट्युबेलको माग छ ।

शुक्रवार, साउन ३०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर