२०८२ साउन २८, बुधवार , १०:३८:३५ बजे

Sajhamanch
'

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

बुधवार, साउन २८, २०८२

कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिनुभयो ।

बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको हो ।

गएको असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाइको छाउगोठमा बसेका बेला सर्पले डसेर ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो ।

प्रशासनको निर्देशनपछि छाउगोठ रहेका पालिकामा स्थानीय जनप्रतिनिधि र प्रहरीले छाउगोठ भत्काउन थालेका हुन् ।

गएको वर्षदेखि नै वडाले छाउगोठ भत्काउने अभियान चलाए पनि केही स्थानीयले अवरोध गरेपछि रोकिएको थियो ।

सम्बन्धित खबर