२०८२ साउन २७, मङ्गलवार , ११:५२:१३ बजे

Sajhamanch
'

जङ्गली च्याउ खाँदा एकै परिवारका आठ बिरामी

मङ्गलवार, साउन २७, २०८२

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् ।

जङ्गलको च्याउ खाएर बिरामी हुनेहरुमा ८५ वर्षकी गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की सञ्जु सदा, वर्ष २९ की मञ्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

बिषालु जङ्गली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरेको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउतले बताउनुभयो ।

अध्यक्ष राउतका अनुसार बाँकी पाँच जनाको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको छ । सदा परिवारले मङ्गलबर बिहान घर नजिकै जङ्गलबाट च्याउ ल्याएर तरकारी बनाएर खाएकोमा अचानक सबैलाई बान्ता आउन थालेपछि चौदण्डीगढी आधारभूत नगर अस्पताल बेल्टार भर्ना गरिएको हो ।

चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा अध्यक्ष राउतले आर्थिक अवस्था दयनीय रहेकाले सदा परिवारको नगरपालिकाले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

मङ्गलवार, साउन २७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर