
पर्सा । पर्साको ठोरी गाउँपालिका–२ मा रहेको ढेँडुखोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ ।
ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका छोराहरू ८ वर्षीय अंश र ४ वर्षीय आयांसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
आज बिहान १० बजेतिर खोलामा नुहाउने क्रममा उनीहरू डुबेका थिए । पानीमाथि तैरिरहेको अवस्थामा स्थानीय बासिन्दाले उद्धार गरेर स्वास्थ्य चौकी ठोरी पुर्याएको तर स्वास्थ्यकर्मीले दुवै बालकको ज्यान गएको जानकारी गराएको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो ।