२०८२ साउन २५, आइतवार , ०६:५१:४६ बजे

Sajhamanch
'

महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

आइतवार, साउन २५, २०८२

कञ्चनपुर । महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा आज बिहान दुई बालिका बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन्।

उनीहरू दुवैको उमेर अन्दाजी ६/७ वर्ष छ। उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ।

आइतवार, साउन २५, २०८२ | समाज

सम्बन्धित खबर