
झापा । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्यले ‘नयाँ रूप लिने’ बताएको छ ।
आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ता समाधानका लागि कूटनीतिक समाधानको चाहना व्यक्त गर्दै इरानले धारणा सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
गएको महिना इजरायलले इरानविरुद्ध हवाई आक्रमण गरेपछि दुई देशबीच १२ दिन युद्ध भएको थियो ।
इजरायली बमबारी अभियानले सैन्य र आणविक ठाउँका साथै आवासीय क्षेत्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँग उसको सम्बन्ध बिग्रिएको थियो ।