२०८२ असार २३, सोमवार , ०२:२८:१६ बजे

Sajhamanch
'

नेपालले घरेलु मैदानमा बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

सोमवार, असार २३, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले घरेलु मैदानमा बङ्गलादेशसँग दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

आउँदो सेप्टेम्बर ६ र ९ मा काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत हुने लागेको हो । फिफा वरीयतामा नेपाल १७५औं र बङ्गलादेश १८२औं स्थानमा छन् ।

यो मैत्रीपूर्ण फुटबल नेपालका लागि एएफसी एशियाली कप छनोटको तयारीका लागि महत्त्वपूर्ण हुनेछ ।

एशियाली कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै मलेशिया, लाओस र भियतनाम छन् । नेपालले अहिलेसम्म दुई वटा खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । एशियाली छनोटमा नेपालले आउँदो अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ ।

सम्बन्धित खबर