२०८२ असार १३, शुक्रवार , ०३:५३:३३ बजे

Sajhamanch
'

फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने टोलीको टुङ्गो लाग्यो

शुक्रवार, असार १३, २०८२

काठमाडौं । फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने टोलीको टुङ्गो लागेको छ । आज बिहान भएको खेलमा रियल मड्रिडले साल्सबर्गलाई ३–० गालले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो । योसँगै रियल तीन खेलमा सात अङ्कसहित समूह ‘एच’ को शीर्ष स्थानमा रह्यो ।

यस्तै साउदी अरेबियाको अल–हिलाल पनि अन्तिम १६ मा पुगेको छ । अ–हिलालले पाचुकालाई २–० गोलले हरायो । अल–हिलाल तीन खेलमा पाँच अङ्कसहित दोश्रो स्थानमा छ । अब रियलले अन्तिम १६ मा युभेन्ट्सँग खेल्नेछ भने म्यानचेस्टर सिटीले अल–हिलालसँग खेल्नेछ । अन्तिम १६ का खेलहरु भोलि रातिदेखि हुँदैछन् ।