२०८२ असार १२, बिहिवार , ०९:२६:३२ बजे

Sajhamanch
'

जनकपुरमा आजदेखि अन्तर–प्रदेश कबड्डी प्रतियोगिता हुँदै

बिहिवार, असार १२, २०८२

काठमाडौं । जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरू हुँदैछ । पर्सि शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् ।

मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो ।

मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजीप्रसाद कानुले हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने बताए।

उहाँका अनुसार प्रतियोगिताको विजेतालाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ ।

सम्बन्धित खबर