
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले अन्तिम खेल घरेलु टोलीसँग खेल्नेछ । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ ।
घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो । शृङ्खलामा सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
नेपालले आफ्नो दोस्रो खेलमा मङ्कलवार स्कटल्यान्डलाई दुई विकेटले हरायो । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।
शृङ्खलामा नेपाल तीन खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार खेलमा चार अङ्कसहित दोश्रो र तीन खेलमा दुई अङ्कसहित स्कटल्यान्ड तेश्रो स्थानमा छ ।