२०८२ असार ३, मङ्गलवार , १०:०८:४३ बजे

Sajhamanch
'

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

मङ्गलवार, असार ३, २०८२

झापा । इजरायल र इरानबीचको युद्धले होर्मुज जलडमरु मार्ग प्रभावित हुन सक्ने जोखिम बढेको छ । यो जलमार्ग बन्द भएको अवस्थामा विश्वभर ग्यास र तेलको आपूर्तिमा गम्भीर असर पार्न सक्ने अनुमान छ ।

होर्मुज जलडमरु मार्ग इरान र ओमानको सिमाना बीचमा पर्छ । जसले पर्सियन खाडी र ओमान खाडीलाई जोड्छ ।

यो जलमार्ग रणनीतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यही मार्ग हुँदै मध्यपूर्वका तेल सम्पन्न देशहरूले एशिया, युरोप र उत्तर अमेरिकालगायत विश्वका विभिन्न भागमा ग्यास र तेल पठाउँछन् ।

होर्मुज स्ट्रेट वर्षौंदेखि भू–राजनीतिक तनाव र विवादको केन्द्रमा रहँदै आएको बीबीसीले जनाएको छ । इजरायल र इरानबीच चर्किँदै गएको युद्धको असर अन्तर्राष्ट्रिय बजारमा देखिन थालिसकेको छ ।

सम्बन्धित खबर