२०८२ जेठ ३१, शनिवार , ११:१०:२४ बजे

Sajhamanch
'

भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा सांसदहरूबीच चर्काचर्की भएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो धारणा राखेपछि त्यसै विषयलाई लिएर सांसदहरूले आपत्ति जनाएका हुन् ।

बैठकमा सांसद पराजुलीले संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने सांसद सदनमा आफ्नो पार्टीको ुह्विपु मानेर निरीह बन्ने गरेको टिप्पणी गरेका थिए।

भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो भन्दै उनले प्रश्न गरेपछि सत्तापक्षका सांसदहरूले आपत्ति जनाए । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए। उनले आफूहरूलाई निरीह भनिएकोमा आपत्ति जनाउँदै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।

नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले मानव तस्करीको विरोध आफूहरूले पनि गरेको बताए। चर्को विवाद भएपछि समितिका सभापति अब्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न सदस्यहरूलाई आग्रह गरेका थिए।

सम्बन्धित खबर