
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ गुम्बाडाँडामा पानीको भाँडामा डुबेर एक २ वर्षीय बालकको ज्यान गएको छ।
स्थानीय तेन्जी शेर्पाका छोरा निसान शेर्पा आँगनमा राखिएको रक्सी (जाँड) पकाउने सिल्भरको भाँडामा डुबेका हुन्। घटना बिहीबार बिहान करिब ८ः४५ बजे भएको हो। बालकका आमा-बुवा खेतमा काम गर्न गएका बेला उनी एक्लै घरमा थिए।
घटनापछि छिमेकी पेम्मा शेर्पाले प्रहरी चौकी साँघुलाई जानकारी गराएका थिए। सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा बालकको शव भाँडाबाट निकालेर घरको सिकुवामा राखिएको अवस्थामा भेटिएको थियो।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।