२०८२ जेठ २६, सोमवार , ११:५८:२८ बजे

Sajhamanch
'

अमेरिकामा आप्रवासीको प्रदर्शन चर्किएपछि राष्ट्रिय सुरक्षा गार्ड परिचालन

सोमवार, जेठ २६, २०८२

झापा । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरे पनि लस एन्जलसमा आप्रवासीको प्रदर्शन रोकिएको छैन ।

आप्रवासी धरपकडको विरुद्धमा लस एन्जलसमा गएको शुक्रवार शुरु भएको प्रदर्शन आज पनि कायमै छ । प्रदर्शनस्थलबाट सार्वजनिक भएको भिडियो तथा फोटोहरुमा सुरक्षाकर्मीले अश्रुग्याँस प्रयोग गरिरहेका दृश्य देखिएको बीबीसीले जनाएको छ ।

यसैबीच डेमोक्र्याट गभर्नरले कसैसँग सल्लाह नगरी राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गरेका छन् । उनीहरुले संयुक्त रूपमा विज्ञप्ति निकालेर राष्ट्रिय सुरक्षा गार्ड राज्य स्तरमा रहने भए पनि ट्रम्पले शक्तिको दुरुपयोग गर्दै यसलाई आफै प्रयोग गरेको आरोप लगाएका हुन् ।

गएको शुक्रवार मजदुर नेता डेभिड हुरेटा पक्राउ परेपछि त्यहाँ तनावको अवस्था आएको हो । लस एन्जलसमा अहिले सडकहरु बन्द छन् ।

प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका सदस्यहरू र अमेरिकी आप्रवासन एजेन्सी (आईसीई) का अधिकारीहरूबीच झडप समेत भएको थियो । यस हप्ता अहिलेसम्म आईसीईको कारबाहीका क्रममा ११८ जना पक्राउ परेका छन् ।

सम्बन्धित खबर