२०८२ जेठ २५, आइतवार , ०५:०६:३८ बजे

Sajhamanch
'

अमेरिकाको लस एन्जलसमा तनाव, राष्ट्रिय गार्ड तैनाथ गर्न ट्रम्पको आदेश

आइतवार, जेठ २५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न राष्ट्रिय गार्ड सेना तैनाथ गर्न आदेश दिएका छन् ।

कागजात नभएका आप्रवासीहरूमाथि छापा मार्ने क्रममा विरोध भएपछि राष्ट्रपति ट्रम्पले लस एन्जलसमा दुई हजारको सङ्ख्यामा राष्ट्रिय गार्ड पठाउन आदेश दिएको बीबीसीले जनाएको छ । ट्रम्पका सीमा सल्लाहकार टम होमनले आफूहरू लस एन्जलसलाई सुरक्षित बनाउन लागिपरेको फक्स न्युजसँग भने।

शनिवार क्यालिफोर्नियाको लस एन्जलस शहरको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका सदस्यहरू र अमेरिकी आप्रवासन एजेन्सी (आईसीई) का अधिकारीहरूबीच झडप भएको थियो । त्यसपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्याससँगै लाठीचार्ज गरेको थियो ।

यस हप्ता अहिलेसम्म आईसीईको कारबाहीका क्रममा ११८ जना पक्राउ परेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यो कार्यलाई क्रूरले भनेक छन् ।

शनिवार गभर्नर न्युसमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग झन्डै ४० मिनेट फोनमा कुराकानी गर्नुभएको तर यस कुराकानीको कुनै विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ ।

यद्यपि यसपछि ट्रम्पले आफ्नो ट्रुथसोसियल अकाउन्टमा यदि क्यालिफोर्नियाका गभर्नर न्युसम र लस एन्जलसका मेयर करेन बासले आफ्नो काम गर्न नसके सङ्घीय सरकारले हस्तक्षेप गर्ने बताएका थिए।

अहिले प्यारामाउन्टको वातावरण अलि शान्त भएको तर प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको बीबीसीले जनाएको छ ।

सम्बन्धित खबर