२०८२ जेठ २५, आइतवार , १२:४९:५२ बजे

Sajhamanch
'

नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह

आइतवार, जेठ २५, २०८२

काठमाडौं । नेपाली सेनामा सिख समुदायबाट पहिलो पटक प्रतिनिधित्व भएको छ । सैनिक जवान करण सिंह सिख शुक्रबार अछाममा आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम प्राप्त गरेका हुन् ।

उनी सिख समुदायबाट पहिलो सैनिक जवानको रूपमा दीक्षित भएको सैनिक प्रवक्ता ९सहायकरथी० राजाराम बस्नेतले रातोपाटीलाई बताए । सिंह कपिलवस्तुको गोरुसिङ्गे स्थित शमशेर दल गणमा आबद्ध भएका छन् ।

सिख धर्म मान्ने करणले आफ्नो धर्म अनुसार सुविधा पाउँछन् । अन्य सैनिकले जस्तो दाह्री काट्नुपर्ने र आफ्नो धर्म अनुसारको फेटा हटाउनुपर्ने नियम उनलाई लागू हुनेछैन । एक जना सैनिक अधिकृत भन्छन्, ‘उसको धर्म अनुसारको सुविधा उसलाई दिइन्छ ।’

करण बाँकेको जानकारी गाउँपालिका–२ बनकटवाका स्थानीय हुन् ।

सम्बन्धित खबर