२०८२ साउन २, शुक्रवार , ११:२२:३९ बजे

Sajhamanch
'

रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाइ र बृक्षारोपण

बिहिवार, जेठ २२, २०८२

नवलपरासी । विश्व वातावरण दिवस २०२५ को अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले नगर सरसफाइ र बृक्षारोपण गरेको छ ।

जिल्लाका पालिकाहरू, सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग र सहकार्यमा सरसफाइ र बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले जानकारी दिए।

आजदेखि सरसफाइ सप्ताह पनि शुरु भएको छ । गएको १० वर्षदेखि निरन्तर वार्षिक रूपमा रचनात्मक कार्यक्रमसहित राष्ट्रिय सरसफाइ सप्ताह पनि मनाउँदै आएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताए।

रामग्राम नगरपालिकाका मेयर धनपत यादवले नगर सौन्दर्यीकरणमा नगरपालिकासँग हातेमाले गरी काम गर्न अन्य संघसंस्थाहरूलाई पनि आह्वान गरे।

सम्बन्धित खबर