
झापा । रुसले युक्रेनमा जवाफी आक्रमण गर्ने तयारी गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले एयरबेसमा गरेको डोन आक्रमणको जवाफ दिने तयारी गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् ।
ट्रम्पले रुसी राष्ट्रपतिसँग भएको फोन वार्तापछि रुस जवाफी कारबाहीको तयारीमा लागेको खुलासा गरेको बीबीसीले जनाएको छ ।
रुसले पनि सैन्य अपरेशनको छलफल भइरहेको बताएको छ । ट्रम्पले पुटिनसँग एक घण्टा बढी समय भएको फोन वार्तामा युद्ध विरामका लागि ठोस केही नभएको बताएका छन् ।
पुटिनले युक्रेन युद्धबाट भागेको तथा आतङ्ककारी सङ्गठनमा परिणत भइरहेको आरोप लगाएका छन् ।
अस्ति मङ्गलवार रुसी एयरबेसमा युक्रेनले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच पहिलो पटक कुराकानी भएको हो ।