२०८२ जेठ १०, शुक्रवार , ०२:०९:३२ बजे

Sajhamanch
'

शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन

शुक्रवार, जेठ १०, २०८२

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएको भन्दै कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

जनकपुरमा शुक्रबार आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने बताए । सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न उनको निर्देशन छ ।

सीमानाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै मन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मिहिनेतका साथ लाग्न आग्रह गरे ।

नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने पनि उनको भनाइ छ ।

गृहमन्त्री लेखकले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए ।

सम्बन्धित खबर