२०८२ असार २, सोमवार , १०:१९:०३ बजे

Sajhamanch
'

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

सोमवार, जेठ ५, २०८२

झापा । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा प्रोस्टेट क्यान्सर देखा परेको हो ।

उनको क्यान्सरमा हार्मोन बढी संवेदनशिल भएका कारण उपचार भने सम्भव भएको बीबीसीले जनाएको छ । रोग व्यवस्थापन र उपचारका लागि तयारी भइरहेको छ ।

डेमोक्रेटिक पार्टीका पूर्व राष्ट्रपति बाइडेनले आफ्नो स्वास्थ्य र उमेरका कारण २०२४ को अमेरिकी राष्ट्रपति चुनावबाट पछि हट्न बाध्य भएको बताएका थिए।

अमेरिकाको यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार प्रत्येक सय जना पुरुषमध्ये १३ जनालाई जीवनको कुनै न कुनै समयमा प्रोस्टेस क्यान्सर हुन सक्छ ।

बाइडेनलाई क्यान्सर भएको थाहा पाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत उनका शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको स्वास्थ्य लाभको कामना गरेका खबरमा उल्लेख छ ।

सम्बन्धित खबर