२०८२ जेठ १, बुधवार , ०२:१०:४२ बजे

Sajhamanch
'

दक्षिणी गाजामा रहेको अस्पतालमा इजरायली आक्रमण, २८ जनाको ज्यान गयो

बुधवार, जेठ १, २०८२

झापा । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ । आक्रमणबाट अन्य धेरै जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा दुई वटा अस्पतालमा आक्रमण भएको बीबीसीले जनाएको छ ।

गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको छ । इजरायली सेनाले गाजामा रहेका अस्पतालहरूमा निरन्तर आक्रमण गरिरहेको छ ।

पछिल्लो केही दिनदेखि त्यहाँ सहायता सामग्री वितरणमा पनि समस्या भइरहेको छ । खानेपानी, औषधि र टेन्टको व्यवस्था गर्न नसकिएको संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले बताए।

उहाँले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने जोड दिएका छन् ।

अमेरिकाको न्युयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरूमाथि अवरोध गरेको बताउनुभएको छ ।

इजरायलले राष्ट्रसङ्घसहित सम्पूर्ण अन्तर्राष्ट्रिय निकायलाई बेवास्ता गर्दै आफैँले नयाँ निकाय गठन गर्दै राहत वितरण गर्ने प्रस्ताव राखेको छ । तर राष्ट्रसङ्घले यो प्रस्ताव स्वीकार गरेको छैन ।

सम्बन्धित खबर