
झापा । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । पूर्वगुरिल्लासमेत रहेका मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।
होसे मुहिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो । सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका मुहिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर पनि चिनिन्थ्यो ।
उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले होसे मुहिकाको निधनबारे जानकारी दिँदै सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ– ‘तपाईंले हामीलाई दिनुभएको सबै कुराका लागि र तपाईंका नागरिकप्रति तपाईंको गहिरो प्रेमका लागि धन्यवाद ।’
पूर्वराष्ट्रपति मुहिकाको निधन कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन, यद्यपि उनी अन्ननलीको क्यान्सरबाट पीडित थिए ।