
काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन तोलामा ३०० रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार ९६० रुपैयाँ थियो ।