२०८२ वैशाख २५, बिहिवार , ०२:०३:३८ बजे

Sajhamanch
'

सुनको भाउ ६०० रुपैयाँले बढ्दा, चाँदीको घट्यो

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । आज सुनको भाउ ६०० रुपैयाँले बढेको छ । सुनको भाउ ६०० रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँ रहेको थियो । यसअघि गएको वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बिहिवार, वैशाख २५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर