
काठमाडौं । आजदेखि दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्रहरू ‘भुठानः द वर्ल्डस् ह्यापिएस्ट म्यान’ र ‘खेल’ आजदेखि एकसाथ प्रदर्शनमा आएका हुन् ।
चलचित्र ‘भुटानः द वर्ल्डस् ह्यापिएस्ट म्यान’ प्रवासी भूटानीको कथा र नेपाली निर्देशक विनोद पौडेलको निर्देशनमा आधारित छ ।
चलचित्रले एक वृद्ध भूटानी अमेरिकी पात्र विष्णुको यात्रा र उनको परिवारसँगको भावनात्मक द्वन्द्वलाई प्रस्तुत गर्दछ ।
चलचित्रमा अमेरिकी अभिनेता ब्रुस डर्न र नेपाली कलाकार हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामालगायतका कलाकारहरूको अभिनय छ ।
त्यस्तै ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन् ।
यो चलचित्र नेपाल, भारत र अमेरिकामा छायाँकन गरिएको हो र नेपालका प्रमुख सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ ।
अर्को चलचित्र ‘खेल’ एक रहस्य र थ्रिलर चलचित्र हो जुन नेपाली लोक कथामा आधारित छ । चलचित्रमा तीनजना साथीहरूको कथा देखाइन्छ जसले पुरानो छात्रावास फर्किएपछि अनौठो र डर लाग्दो घटनाहरूको सामना गर्छन् ।
चलचित्रमा सुरक्षा पन्त, हेना नगरकोटी, समापिका गौतम, र मोनिका थापाजस्ता कलाकारहरूले मुख्य भूमिका निभाएका छन् ।
अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रले नेपाली सिनेमा जगतमा नयाँ अनुभव दिन्छ भन्ने दाबी गरिएको छ ।