२०८२ वैशाख ११, बिहिवार , ०८:१२:०८ बजे

Sajhamanch
'

झापा जिल्ला सहकारी सङ्घको चुनाव : अधिकांश पद सर्वसम्मत, केही पदमा मतदान गरिँदै

बिहिवार, वैशाख ११, २०८२

झापा । पटकपटक रोकिएको झापा जिल्ला सहकारी सङ्घ लिमिटेडको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

चारपटक कार्यतालिका फेरबदल हुँदै मतदानको दिन वैशाख १३ गतेलाई तोकिएको यो पटकको चुनावमा आधाभन्दा बढी पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् । दाबी विरोध र मनोनयन फिर्ताको अवधिपछि आज वैशाख ११ गते निर्वाचन समितिले प्रकाशन गरेको नामावली अनुसार सर्वसम्मत नभएका पदहरुमा वैशाख १३ गते शनिबार मतदानको माध्यमबाट नेतृत्व चयन गरिने छ।

संघको अध्यक्षमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, महिला उपाध्यक्षमा देवी निरौला बस्नेत र कोषाध्यक्षमा केशव बस्नेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

थप विवरण निर्वाचन आयोगको यो सूचनाबाट हेर्न सकिनेछ।

सम्बन्धित खबर