२०८२ वैशाख ११, बिहिवार , ०४:२९:५८ बजे

Sajhamanch
'

राष्ट्रको आवश्यकता र समयको मागअनुसार विकास नीति अघि बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधिमा ध्यान दिनुपर्ने बताएका छन्।

सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसिसयसनले बिहीबार गरेको ‘भविष्य निर्माणमा नवप्रवर्तन र दिगो विकास’ विषयक राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले राष्ट्रको आवश्यकता र समयको मागअनुसार विकास नीति अघि बढाउनुपर्ने बताए।

‘नेपालका लागि काम लाग्ने इनोभेससनमा जोड दिनुपर्यो। आम नेपाली जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधि अघि बढाउँदा राम्रो हुन्छ,’ उनले भने।

उपप्रधानमन्त्री सिंहले विकासको काम अघि बढाउँदा दिगो विकासमा ध्यान दिनुपर्ने पनि बताए।फरक सन्दर्भमा उनले वैशाख ११ गते नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्त्व रहेको बताए।

केन्द्रीकृत शासन प्रणालीबाट संघीयता र राजतन्त्रबाट गणतन्त्रमा जाने दिनका रूपमा वैशाख ११ को विशेष महत्व रहेको भन्दै सिंहले लोकतन्त्र दिवसको शुभकामना दिए।

उनले लोकतन्त्र लामो संघर्षबाट प्राप्त भएको भन्दै यसको महत्त्व बुझ्न आग्रह गरेका छन्। अहिले अधिकारको कुरा मात्रै धेरै हुने गरेको भन्दै उनले अधिकारसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्ने बताए।

सम्बन्धित खबर