
काठमाडौं । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
काउन्सिलको विज्ञप्ति अनुसार प्रेस स्वतन्त्रता हननका घटनामध्ये धम्की र दुर्व्यवहारका घटना सबैभन्दा बढी भएका छन् । धम्की र दुर्व्यवहारका घटना २३ वटा भएको विज्ञप्तिमा जनाइएको छ ।
यस अवधिमा हत्या र शंकास्पद मृत्युका दुई घटना भएको जनाइएको छ ।
हेर्नुहोस् विज्ञप्ति :