२०८२ वैशाख १०, बुधवार , ०२:२०:२३ बजे

Sajhamanch
'

प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव

बुधवार, वैशाख १०, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबारबाहेक सबै दिन बसाल्ने प्रस्ताव भएको छ । सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।

सभामुख घिमिरेले आज बसेको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा यस्तो प्रस्ताव गरेका उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

प्रमुख सचेतकहरूको बैठकले सभामुख घिमिरेको त्यस प्रस्ताव अनुमोदन गरेको छ । सोही बमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने अधिकारीले जानकारी दिए ।

बैठकमा सभामुख घिमिरेले संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्व बजेट छलफल तथा बजेटको चाप परेको बताएका थिए ।

सम्बन्धित खबर