२०८२ वैशाख ६, शनिवार , ०६:२०:५२ बजे

Sajhamanch
'

इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बिहिवार, चैत २८, २०८१

इलाम । इलामको सदरमुकामस्थित जिरो किलो भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इलाम नगरपालिकाको जिरो किलोमा गएराति को. १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘मृतकको पहिचान खुलाउने प्रयास गर्दैछौँ ।’

पार्किङ गरेर राखेको ट्याक्टर चोरेर दौडाउँदै गर्दा दुर्घटनामा परेको आशङ्का गरिएको छ । तर, ट्याक्टर धनीसँग बुझेपछि मात्र त्यसबारे यकिन गर्न सकिने एसपी कोइरालाले बताए । उनले भने, ‘चोरी गरेको यकिन भएको छैन, हामी ट्याक्टर धनीलाई बोलाएर बुझ्छौँ ।’

सम्बन्धित खबर