२०८१ चैत २०, बुधवार , ०१:२६:२४ बजे

Sajhamanch
'

भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो

शुक्रवार, चैत १५, २०८१

दाङ । भारतमा तीर्थयात्रामा गएका दाङको तुलसीपुरका चार जनाको गाडी दुर्घटना हुँदा ज्यान गएको छ । तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी हिजो बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको खबर प्राप्त भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।

ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको परिचय खुल्न बाँकी छ । गाडीमा नौ जना थिए । वडाध्यक्ष जिसीका अनुसार घाइते पाँच जनाको भारतमा नै उपचार भइरहेको छ ।

सम्बन्धित खबर