
विराटनगर । कोशी पहाडी जिल्ला भोजपुरको टक्सार क्षेत्रमा भएको आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्।
अहिलेसम्म ८ वटा ग्वाली (पाली) समेत नष्ट भइसकेको त्यहाँ पशु चौपायासमेत आगलागीमा परेका छन्।
सोमबार बिहान १० बजेतिर सुरू भएको आगलागी अझै नियन्त्रणबाहिर छ। स्थानीयबासी सन्दिप राईका अनुसार भोजपुर नगरपािलका वडा नम्बर १२ मा पर्ने टक्सार पारपानी क्षेत्रमा बिहानदेखि आगलागी सुरू भएको थियो।
आगलागीस्थल बाटोभन्दा भित्र पर्ने भएकाले दमकल पुग्न नसकेको र स्थानीयबासी तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेको राईले जानकारी दिए।
‘जोडतोडले हावा चलिरहेकाले नियन्त्रण गाह्रो भइरहेको छ’, राईले भने।
उनका अनुसार हालसम्म स्थानीयबासी शम्भु चापागाईं सोभित श्रेष्ठ, गोमा दर्जी, रामबहादुर कार्की, गोपीकृष्ण धमला लगायतको घरमा आगोले क्षति पुर्याएको छ।
गोविन्द चापागाइँ,रूद्रप्रसाद ढकाल, शेखर धमाला, तिर्थप्रसाद सुवेदी, चन्द्रप्रसाद सुवेदीलगायतको घरमा पनि आगोले क्षति पुर्याएको छ।