
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद सरकारले शान्तिपूर्ण वार्ताबाट समाधान गर्न चाहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नो केबलकार पक्षसँग वार्ता गर्न गृहमन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको बताए ।
उनले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीयहरूको समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताए ।
उनले केबलकार निर्माण परियोजनामा संलग्न भएका व्यक्ति र राजनीतिक दलहरूले पनि आज विरोध गरेको भन्दै विगतको आफ्नो भूमिकालाई स्मरण गर्न आग्रह गरे ।